नेता गगन थापा भोलि गुल्मी आउने

खबरपथ संवाददाता
१२ आश्विन २०७६, आईतवार १४:२८

नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापा  सोमवार गुल्मीको हाडहाडेमा आउने भएका छन् ।

गुल्मीको धुर्कोट गाँउपालिका वडा नं. ३ नेपाली काँगे्रस वडाकार्य समिति हाडहाडेले आयोजना गरेको बहृत आमसभा तथा साँस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्नका लागि नेपाल सरकारका पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली काँग्रेसका युवा नेता  गगन कुमार थापा गुल्मी आउने नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीका जिल्ला सदस्य पदम विष्टले जानकारी दिए ।

कार्यक्रम आश्विन ११ र १२ गते धुर्कोट गाँउपालिकाको वडा स्तरीय खुल्ला पुरुष भलिवल खेल सञ्चालन हुने र १३ गते सोमवार बहृत आमसभा तथा साँस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्न  नेता गगन थापा आउने कार्यक्रम रहेको नेपाली काँग्रेस गुल्मीका  विष्टले जानकारी दिए ।

सोही अवसरमा राष्ट्रिय लोकदोहोरी गायक बिमलराज क्षेत्री, हरि खत्री, गणेश अधिकारी, सुनिल थापा र खुकुरी ब्याण्ड तथा स्थानीय कलाकारको समेत बेजोड साँगितिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

साथै आश्विन १४ गते गर्ने भनिएको बहृत आमसभा तथा साँस्कृतिक कार्यक्रमलाई प्राविधिक कारणले एक दिन अगाडी अर्थात १३ गते भोलि सोमवार सारिएको नेपाली काँग्रेस गुल्मीका जिल्ला सदस्य विष्टले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*