संविधान संशोधन नभए सरकार छाड्छौं,शाहिमाथिको आक्रमण पञ्चायती शैली : राइ

सरकारले राज्य नियन्त्रित प्रेस बनाउन खोज्यो , त्यो अस्वीकार्य छ
खबरपथ संवाददाता
१२ आश्विन २०७६, आईतवार १९:४२

बुटवल । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणले पञ्चायती शैलीको झल्लो दिएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल प्रदेश नम्बर ५ ले आइतबार बुटवलमा गरेको साक्षात्कारमा बोल्दै नेता राईले सो आक्रमणले आफूमाथि पञ्चायतमा भएको आक्रमणको सम्झना गराएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना ‘अरिंगाल’हरु नियन्त्रण नगर्न नसके त्यसले लोकतन्त्रमा असर पार्ने चेतावनी समेत दिए ।
भ्रष्टाचार र घुसखोरी वर्तमान सरकारका पालामा बढेको आरोप लगाउँदै उनले यसको न्यूनीकरण नभए जनता निरास भएर सडकमा उत्रिन सक्ने चेतावानी दिए । उनले पार्टी सरकारमा रहेको भएपनि सरकारका गलत कार्यको विरोध गर्न आफूहरुलाई कुनै नैतिक संकट नभएको पनि बताए ।
पूर्व माओवादीले उठाएका अपूरा एजेण्डाहरु पूरा गर्न संविधान संशोधनको माग गरिरहदा पनि सरकार मौन बसेको बताउदै संविधान संशोधन नभए सरकार छाड्ने चेतावनी दिए ।
भ्रष्टाचार र घुसखोरी वर्तमान सरकारका पालामा बढेको आरोप लगाउँदै उनले यसको न्यूनीकरण नभए जनता निरास भएर सडकमा उत्रिन सक्ने चेतावानी दिए । उनले पार्टी सरकारमा रहेको भएपनि सरकारका गलत कार्यको विरोध गर्न आफूहरुलाई कुनै नैतिक संकट नभएको पनि बताए ।
उनले प्रत्यक्ष निर्वा्चित राष्ट्रपति , पहिचान सहितको संघियता लगायतका विषयहरु संविधानमा संशोधन गरेर पुरा गरिनु पर्छ भनेर प्रधानमन्त्री ओलीज्यु संग लिखित सहमति गरेर सरकारमा गएको बताए नेता राईले वर्तमान सरकार परिपक्क नदेखिएको आरोप लगाएका छन् । उनले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेक स्वीकार्य नभएको बताउदै सरकारले राज्य नियन्त्रित प्रेस बनाउन खोजेको आरोप समेत लगाए ।
पुर्व स्वास्थ्य मन्त्री समेत रहेका राईले मन्त्री बिदेश भ्रमणमा जानू आवश्यक रहेकोले यसको आलोचना नगर्न आग्रह गरे । स्वास्थ्य मन्त्री उपेन्द्र यादव पटकपटक बिदेश भ्रमण गएको कुरामा आलोचना हुन थालेपछि यसको बिरोध नगर्न आग्रह गरेका छन् । कार्यक्रम क्लबको प्रदेश प्रमुख राम कुमार क्षेत्रीको अध्यक्षता सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*