उद्योग संघद्वारा चेक हस्तान्तरण

खबरपथ संवाददाता
१२ आश्विन २०७६, आईतवार १९:५९

बुटवल । रुपन्देही उद्योग संघले दिवंगत पत्रकार डायल्सन अधिकारीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

संघले सडक दुर्घटनामा परि निधन भएका अधिकारीको परिवारलाई रु. ५१ ह्जार सहयोग गर्ने घोषणा गरेको थियो । सो रकमको चेक संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले उहाको निवास तिलोत्तमा नगरपालिका – ३ मा पुगेर उनकी श्रीमती चन्दा अधिकारीलाई हस्तान्तरण गरेका हुन ।

अध्यक्ष अधिकारीले संघले स्थापना गरेको उत्कृष्ठ औद्योगिक पत्रकारीता पुरस्कारबाट पुरस्कृत पत्रकार अधिकारी आफ्नो सदस्य जस्तै भएको अनुभूत भएको हुदा उनको असामयीक निधनले निकै क्षति पुगेको भन्दै शोकलाई शक्तिमा बदल्न आग्रह गरे ।

संघका वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोरा, प्रथम उपाध्यक्ष माधव प्रसाद पौडेल, महासचिव कृष्ण प्रसाद पराजुली, सचिव जिवनाथ काफ्ले, सहकोषाध्यक्ष हरि बहादुर खत्री, सदस्य चन्द्रकान्त खनाल, प्रेस सल्लाहाकार सुमन अधिकारीको उपश्थिती रहेको थियो ।

पत्रकार अधिकारीको गत महिना समाचार संकलनका लागि पूर्वतर्फ जादै गर्दा सप्तरीमा सवारी दुर्घटनामा परि निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*