सामुहिक प्रयासमा समाज बदल्न सकिने : मुख्यमन्त्री पोखरेल

खबरपथ संवाददाता
१२ आश्विन २०७६, आईतवार २०:१२

सैनामैना । सबैको सामुहिक प्रयासमा समाज बदल्न सकिने प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा क्षेत्र नं ५ रुपन्देही अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताएका हुन । उनले राष्ट्रको समृद्धिका लागि पार्टी एकता गरिएको उल्लेख गर्दै यसका लागि स्थानिय स्तरका नेता र कार्यकर्ताको प्रयास र पहलमा मात्र सम्भव हुने बताए । प्रदेश नं ५ का नेकपाका ईन्चार्ज समेत रहेका पोखरलले भने – “हिजो दुई पार्टी अलग अलग विचारमा र बाटोमा भएता पनि आज एउटै विचार र उद्धेशमा केन्द्रित भएको छ ।” विगतको संघर्ष र आन्दोलनले गर्दा नै परिवर्तन घर दैलोमै आएको बताउँदै परिवर्तनलाई संस्थागत गर्न कार्यकर्ता अझै सक्रियताका साथ लाग्नुपर्ने आवश्यक रहेको उल्लेख गरे ।

पोखरलले वर्तमान सरकारले भुमिहिन तथा सुकुम्बासी समस्या समाधानका लागि विधेयक ल्याउँदै गर्दा केही तत्वहरु यसलाई असफल गराउने कार्यमा लागिरहेको जिकिर गरे । कार्यक्रममा राष्ट्रिय सभाका सदस्य एवम् नेकपाका मुख्य सचेतक खिमलाल भट्टराईले अहिलेको सरकार आम जनताको भावना अनुसार विकाश निर्माणका कार्यहरु अगाडि बढाईरहेको बताए ।

उनले वर्तमान सरकारको कामबाट विपक्षीहरु आत्तिएको बताउँदै आम जनताको हित हुने खालका कानुन बनाउन असहयोग गर्नु गलत प्रबृद्धि भएको बताए ।
सैनामैना ७ रामापुरमा रहेको सतचिन्तन सभाहलमा भएको कार्यक्रममा नेकपाका प्रदेश नं ५ का सचिव जगप्रसाद शर्मा,नेकपाका जिल्ला ईन्चार्ज तथा प्रदेश नं ५ का वन,वातावरण,पर्यटन तथा उद्योगमन्त्री लिला गिरी, नेकपाका जिल्ला सहईन्चार्जद्धय दधिराम न्यौपाने, एकराज विश्वकर्मा, प्रदेश सभा सदस्यद्धय भुमिश्वर ढकाल, कमल विश्वकर्मा, बुटवल उपमहानगर प्रमुख शिवराज सुबेदी, सैनामैना नगर प्रमुख चित्र बहादुर कार्की, उपमेयर बिना राना, नेकपाका सैनामैना ईन्चार्ज खुसीराम चौधरी, जिल्ला सचिवालय सदस्य नर बहादुर घर्ती, क्षेत्र नं ५ (क) का संयोजक जिवनाथ पाण्डे, जिल्ला आर्थिक प्रमुख मिन प्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा करिब १ सय ५० जना पार्टी प्रबेश गरेको सैनामैनाका नेकपाका अध्यक्ष चेतनारायण न्यौपानेले जानकारी दिए ।

कार्यक्रम क्षेत्र नं ५ का संयोजक नर बहादुर घर्ती मगरको अध्यक्षता,प्रदेश नं ५ का ईन्चार्ज शंकर पोखरेलको प्रमुख आतिथ्यता तथा क्षेत्र नं ५ का सचिव भोला रिजालको संचालनमा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*