कालिका मन्दिरमा मुर्ति प्राणप्रतिष्ठान तथा महापुराण

खबरपथ संवाददाता
१२ आश्विन २०७६, आईतवार २०:१६

सैनामैना ।

सैनामैना २ स्थित कालिका मन्दिरमा ७ दिने कालिका महापुराण आजबाट सुरु गरिएको छ । कालिका मन्दिरमा आजै प्राणप्रतिष्ठा समेत सम्म भएको छ । सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले सो महापुराण समुद्धघाटन गर्नुभएको हो ।

कार्यक्रममा नगर प्रमुख कार्कीले सैनामैनामा पर्याप्त धार्मिक स्थल रहेको चर्चा गर्दै यस मन्दिरले पनि यस क्षेत्रको धार्मिक क्षेत्रको गरिमा बढाउन मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालीहरुको महान पर्व विजयादशमीको शुभकामना व्यक्त गर्दै मन्दिरमा निर्माण हुन बाकी रहेका संरचनामा नगरपालिकाले सहयोग गर्ने समेत बताउनुभयो ।

समाजसेवीद्धय फणिन्द्र प्रसाद शर्मा र खुसीराम चौधरीले यस मन्दिरले यस क्षेत्रको पर्यटन क्षेत्रमा टेवा पुर्याउने बताउनुभयो । मन्दिरको निर्मााण कार्यलाई सबै एकजुट भई लाग्न आवश्यक रहेको समेत जिकिर गर्नुभयो ।

कालिका महापुराण प्रमुख वाचाक आचार्य विष्णु प्रसाद ज्ञवालीले ७ दिन सम्म कालिका वाचन गर्ने तथा सांस्कृतिक भजन किर्तन समेत रहने आर्थिक सहसंयोजक विमल ज्ञवालीले जानकारी गराउनुभयो ।

कार्यक्रम यज्ञ मुल संचालक समितीका अध्यक्ष लक्ष्मण भट्टराईको अध्यक्षता,मन्दिर व्यवस्थापन समितीका अध्यक्ष तुल्सी प्रसाद घिमीरेको स्वागत तथा बलराम भट्टराईको संचालनमा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*