दशैँको लागि सार्वजनिक गाडीको रुट परमिट खुला

खबरपथ संवाददाता
१२ आश्विन २०७६, आईतवार २०:२३

काठमाडौ । दशैँको लागि सार्वजनिक गाडीको इजाजत पत्र अर्थात् रुट परमिट आजदेखि खुला भएको छ । यातायात व्यवस्था विभागले असोज १२ गतदेखि १९ गतेसम्म इजाजतपत्र खुला गरेको हो ।

यो अवधिमा सार्वजनिक गाडी रुट परमिट बिना नै देशभर जहाँ पनि चल्न सक्नेछन् । दशैँ, तिहार र छठका लागि काठमाण्डौ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन इजाजतपत्र खुला गरिएको विभागले जनाएको छ ।

विभागले १२ गतेदेखि १९ गतेसम्म सामान बोकेर नारायणगढको बाटो हुँदै काठमाडौं भित्रिने ठूला गाडी सञ्चालनमासमेत रोक लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*