गैरे कल्याण समाज रुपन्देहीको शुभकामना आदानप्रदान सम्पन्न

खबरपथ संवाददाता
१३ आश्विन २०७६, सोमबार १९:२९

गैरे कल्याण समाज रुपन्देहीको शुभकामना आदानप्रदान कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष टंक प्रसाद गैरेको अध्यक्षता तथा समाजका केन्द्रिय अध्यक्ष रेश्मिराज गैरेको प्रमुख अतिथ्यतामा सम्पन्न सो कार्यक्रममा तिलोत्तमा सब डिभिजन बन कार्यालयका प्रमुख गिरि प्रसाद गैरे, रेडियो लुम्बिनीका मिन प्रसाद गैरे , ग्यास ब्यबसायी संघका पुर्व अध्यक्ष छबिलाल गैरे लगायतकाले बोल्दै नेपालिहरुको महान पर्व बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना दिएका थिए ।

शुभकामनामा बोल्ने बक्ताहरुले देशभर छरिएर रहेका गैरेहरु एक भै समाजको हितमा लाग्नुपर्ने शुभेच्छा दिएका थिए । समाजका महासचिव गोपाल गैरेको संचालनमा भएको सो शुभकामना आदानप्रदान कार्यक्रममा गैरे समाजको आगामी योजना तथा नीतिको बारेमा समेत जानकारी गराइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*