नैतिकता भए सभामुखले पद छाड्नुपर्छ : गगन थापा

तिल्मिलाएको सरकारसंग शासन गर्ने नैतिक तागत छ ?
खबरपथ संवाददाता
१४ आश्विन २०७६, मंगलवार ११:५२

बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले सभामुख कृष्णबहादुर महरालाइ पद छाड्न सुझाव दिएका छन् ।
एक महिलाले जर्बजस्ती करणी गरेको भन्ने आरोप बाहिर आएपछि अनुसन्धानका लागि पनि महराले पदबाट अलग रही घटनाको छानबिनमा सघाउनुपर्ने गगनको मत छ ।
थापाले सभामुखमाथि लागेको बलत्कारको आरोपमाथि निष्पक्ष छानबिन गर्न माग समेत गरे ।
यस्तो घटनाले आफू स्तब्ध भएको भन्दै थापाले नेपालको प्रतिष्ठा र संसदीय पद्धतीमै प्रश्न उठेको बताए ।
रिपोर्टर्स क्लब नेपाल प्रदेश ५ बुटवलले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले भने, ‘उहाँमाथि आरोप लागेको छ ,घटनाको निष्पक्ष छानबिन गर्नका लागि आफ्नो पदबाट अलग रहेर छानबिन गर्न सघाउनुपर्छ । ’
पिडीत महिलाले सो घटनाबारे बताउन आफुलाइ पनि पटकपटक फोन गरेको र आफु कार्यक्रममा भएकोले रेस्पोन्स गर्न नपाएको सुनाए । ‘धेरै पटक मोवाइलमा फोन आएको रहेछ,मैले नया नम्बर र नचिनेको हुदाले कल उठाउन समेत पाइन ।’
उनले यो घटनाले राज्यको क्षमतामाथि र देशको प्रतिष्ठामाथि आँच आएको बताए । सांसद थापाले भने— ‘कानूनी र संसदीय सर्वोचतामाथि आँच पुगेको छ , प्रहरी प्रशासन कसैको दबाब र प्रभावमा नपरी तल्लो तहबाट घटनाको निष्पक्ष छानबिन गरिनुपर्छ ।’
पछिल्ला सरकारका गतिविधिले राज्यप्रति जनताको निरासा पैदा भएको उनको भनाइ छ ।
’सरकार तिल्मिलायो,सरकार खोक्रो बन्यो, जनतामा निराशा मात्र छायो । सरकारको अंकगणितको वैधानिक शक्ति भएपनि शासन गर्ने नैतिक शक्ति र सामथ्र्य सरकारसँग छैन,’ थापाले भने ।
यो सरकारसंग संख्या छ क्षमता छैन,बैधानिकता छ बैध छैन,अब कसरी राम्रो काम गर्न सक्ने त ।उनले सुनाए ।
उनले देशमा भ्रष्टाचार मौलाएको बताउदै ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमण ,तनहुमा मिनेन्द्र रिजालमाथि र नेपालगंजमा पार्टी नेतृमाथिको आक्रमण गलत भएको बताए ।
सरकारविरुद्ध कांग्रेसले दशैंपछाडि संघर्ष गर्ने उनको बताए । थापाले दशैंअगाडि नै कांग्रेसका सबै भ्रातृ संगठन र प्रदेश संरचनाले पूर्णता पाउने उनको दाबि थियो । कांग्रेसले गठन गरेको छायाँ सरकार सहीरूपमा अगाडि बढ्न नसकेको थापाले स्वीकार समेत गरेका छन् ।
कांग्रेस अब एक भएर अघि बढ्ने र सरकारका गतल कामको बिरोध गर्ने बताए ।
कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो । सो अवसरमा प्राध्यापक संघका नवनिर्वाचित केन्द्रिय अध्यक्ष प्राडा बुद्धबहादुर थापालाइ सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*