बलात्कारका आरोपी महराले दिए राजीनामा

खबरपथ संवाददाता
१४ आश्विन २०७६, मंगलवार १५:०९

काठमाडौं । बलात्कार आरोपमा मुछिएका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन्।

आइतबार साँझ संसद सचिवालयमै काम गर्ने एक महिला कर्मचारीले महरामाथि बलात्कार आरोप लगाएकी थिइन्।

उनीमाथि चौतर्फी दबाब आएपछि उनले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सम्बोधन गरी राजीनामा पत्र बुझाएका हुन्।

संविधान र प्रतिनिधिसभा नियमावली २०७५ अनुसार सभामुखले उपसभामुख समक्ष राजीनामा दिनुपर्ने हुन्छ।

नियमावलीको दफा २११ मा सभामुखले उपसभामुख समक्ष लिखित राजीनामा दिनुपर्ने नियम छ।

सोमबार साँझ उनको सचिवालयले भने घटनाबारे अस्वीकार गर्दै विज्ञप्ति निकालेको थियो।

ती कर्मचारीले आइतबार राति महरा आफ्नो डेरामा आएर मादिरा सेवन गरेको र पछि जबरजस्ती करणी गरेको आरोप लगाएकी छन्।

आइतबार साँझ सभामुख महराले ती कर्मचारीलाई फोन गरेर आफू उनीकहाँ आउन लागेको बताएका थिए।

‘उहाँले फोनमा म कोठामा आउँछु भन्नुभयो। मेरो श्रीमान् तनहुँ जानुभएको थियो। मैले अहिले नआउनुहोस्, आउने भए ड्रिंक्स नखाइकन आउनुहोला भनेँ। उहाँ ८ बजे मेरो कोठामा आउनुभयो। उहाँ खाएर आउनुभएको थियो,’ उनले भनेकी छन्।

महराले आफ्नो कोठामा आएर पनि मादिरा सेवन गरेको र आफूलाई जबर्जस्ती करणी गरेको महिलाले बताएकी छन्। उनले आफूमाथि हातपात गरेको आरोप पनि लगाएकी छन्।

ुउहाँले मुक्काले गालामा हान्नुभयो। विभिन्न ठाउँमा डामहरू छन्,’ ती कर्मचारीले भनेकी छन्।

आफूमाथि जबर्जस्ती करणी भएको कुरा ती महिला कर्मचारीले नेकपाका महिला नेतृहरु ओनसरी घर्ती र पम्फा भुसाललाई म्यासेज गरेर जानकारी गराएको बताएकी छन्। आफ्ना पति पनि नेकपामै रहेकाले महरा पहिले पनि आफ्नो कोठामा आएको उनको भनाइ छ।

महराले सोमबार बिहान आफूलाई ुफरगेट एस्टरडेु भन्ने म्यासेज पठाएर आइतबारको घटना बिर्सन र अघि नबढाउन भनेको ती महिला कर्मचारीले बताइन्।

महराले ती महिला कर्मचारीमाथि बलात्कार गरेको स्टोरी सोमबार पहिलो पटक जबmचबपगचब।अयm ले प्रकाशित गरेको थियो। हाम्राकुराका सम्पादक अजयबाबु सिवाकोटीले ती महिला कर्मचारीलाई भेटेर कुरा गर्दा पनि उनले महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन्।

आफू बलात्कृत भएपछि उनले तुरुन्तै प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीले राति नै आएर आफूसँग कुरा गरेको उनले बताएकी छन्।

प्रहरी उच्च स्रोतले पनि राति नै तीनकुने प्रहरी वृत्तबाट खटिएको प्रहरी उनको डेरामा पुगेको र घटना विवरण लिएको सेतोपाटीसँग पुष्टि गरेको छ।

‘ती महिला कर्मचारीले आफूमाथि सभामुख महराले बलात्कार गरेको बताइन्। प्रहरीलाई आफ्नो कोठा देखाइन्,ु प्रहरी स्रोतले भन्यो, ुत्यहाँ रक्सीको एउटा बोत्तल, गिलास र कपडाहरु लथालिंग अवस्थामा थिए। ती महिलाले आफूमाथि कुटपिट भएको भन्दै शरीरमा चोट तथा निलडाम समेत देखाएकी थिइन्।

सेतोपाटीबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*