घुस लिएको आरोपमा प्रअ सहित २ जना पक्राउ

खबरपथ संवाददाता
१४ आश्विन २०७६, मंगलवार १९:४९

बुटवल । अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले कपिलवस्तुबाट रु ४० हजार घुस रकम सहित बाल ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक र कार्यलय सहयोगी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ८ स्थित बाल ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक रबिन्द्र प्रसाद र कार्यलय सहयोगी राम कुमार लुनिया रहेका छन् ।

अख्तियार दुरुपयोग अनुन्धान आयोगका सुचना अधिकारी सुरेश भुसालका अनुसार विद्यालयको अनुदान कोटामा विज्ञान शिक्षक नियुक्त गर्नका लागी उनीहरुले घुस रकम लिएका हुन् ।

अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहान १०:४० बजेको समयमा एक होटेल अगाडीबाट दुवै जनालाई पक्राउ गरिएको भुसालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*