महरालाई पक्राउ गर्न अदालतले दियो अनुमति

सभामुख निवासमा रहेका महरा जतिबेला पनि पक्राउ पर्ने
खबरपथ संवाददाता
१९ आश्विन २०७६, आईतवार १६:२४

काठमाडौं। यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई पक्राउ गरी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई आईतवार अनुमति दिएका हुन्। महराले सभामुखमा रहेका बेला संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ। उनीविरुद्ध शाहीले शुक्रबार बलात्कार प्रयास गरेको किटानी जाहेरी दिएकी थिइन्।

महराले गत आइतबार शाहीको कोठामा गएर बलात्कार प्रयासका साथै कुटपिट गरेको सार्वजनिक भएको थियो। घटना सार्वजनिक भएलगत्तै उनले सभामुखबाट राजीनामा दिएका छन्। अदालतको अनुमतिसँगै महरा जतिबेला पनि पक्राउ पर्ने सम्भावना छ। सभामुखको सरकारी निवास बालुवाटारमा रहेका महराविरुद्ध किटानी जाहेरी परेलगत्तै प्रहरीले कडा निगरानी राखेको थियो।

शाहीले भने सुरुमा महराले आफूलाई बलात्कार नै गरेको आरोप लगाएकी थिइन्। त्यसपछि उनले महराले कुनै पनि दुर्व्यवहार नगरेको अभिव्यक्ति दिएकी थिइन्। त्यसपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण गरेको थियो। त्यसपछि भने उनलाई किटानी जाहेरी दिएर अनुसन्धानमा सघाउन प्रहरीले आग्रह गरेको थियो।

थाहाखबरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*