भैरवस्थानमा दर्शनार्थीहरुको घुंईचो

एकै दिनमा ३० हजार दर्शनार्थी
खबरपथ संवाददाता
१९ आश्विन २०७६, आईतवार २१:०४

पाल्पा । बडा दसैंको आठौं दिन महाअष्टमीमा आईतबार पाल्पाको रिब्दीकोट गाउँपालिकामा रहेको भैरवस्थान मन्दिरमा दर्शनार्थीहरुको घुंईचो लागेको छ । भैरवस्थान मन्दिरमा एकै दिनमा ३० हजार बढी दर्शनार्थीहरुले  दर्शन गरेको व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा वर्ष भरिकै सबैभन्दा बढी भीड लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरमा बोका, हाँस, कुखुरा, पाडा लगायत २ हजार बढी बली दिइएको छ । महाअष्टमीको दिन बिहानैदेखि भैरवस्थानमा थामी नसक्नु भीड लागेको थियो ।मन्दिरमा भीड व्यवस्थापन गर्न प्रहरी, व्यवस्थापन समिति, स्थानीय नागरिक खटिएका थिए । मन्दिर व्यवस्थापन समितिले अत्यधिक भीड भएकाले पूजा पनि सोही अनुरुप छिटो छिटो गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

पाल्पाको भैरवस्थानबाहेक अन्य शक्तिपीठहरुमा पनि देवीको दर्शन गर्ने, बली चढाउने, भजनकिर्तन गर्नेको घुइँचो लागेको छ । पाल्पाको तानसेनस्थित रणउजीरेश्वरी भगवती मन्दिर, ताँहुको रम्भादेवी, भुवनपोखरीको गोखुङ्गा, कोलडाँडाको सत्यवती,  भैरवस्थान मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । मुझुङ्ग, छहरा, भुवनपोखरी, खालीवन, सिलुवा, बिरकोट, गल्धा, ज्यामिरे, अर्चले लगायतका गाउँका कोटघर र देवीको मन्दिरमा समेत दर्शनार्थीको घुइँचो लागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*