९० वर्षीय बुवाको हातबाट भट्टराईले लगाए टीका

खबरपथ संवाददाता
२२ आश्विन २०७६, बुधबार ०८:५१

काठमाडौं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले स परिवारका साथमा टीका लगाएका छन्।

मंगलबार आफ्ना ९० वर्षीय बुवा भोजप्रसाद भट्टराईको हातबाट उनले टीका ग्रहण गरेका हुन्।

टीका ग्रहणपश्चात् उनले सामूहिक तस्बिर ट्वीटरमा सेयर गरेका थिए।

ट्वीटरका फोटा सेयर गर्दै उनले भने,‘सबैको भलो होस्, देशमा शान्ति सुशासन र समृद्धिको वर्षा होस्। असत्य र अन्यायमाथि सत्य र न्यायको विजय होस्।’

सेतोपाटीबाटसाभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*