टीका थाप्न जाँदा खाेलाले बगाउँदा एकको मृत्युु ,एक गम्भीर

खबरपथ संवाददाता
२२ आश्विन २०७६, बुधबार ०९:१२

पर्वत । पर्वतको मोदी गाउँपालिका वडा नं ६ तिलहारमा स्थानीय राती खोलाले बगाउँदा एक जनाको मृत्युु भएको छ भने एक गम्भीर घाइते भएका छन्।  मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा २५ हेम्जाका ४० बर्षिय लक्ष्मण कुँवर रहेका छन्। उनकै भाइ ३८ बर्षिय खेम कुवँर घाईते भएका हुन्।

 

दशैंमा टीका लगाउनका लागि तिलहार जाँदै गरेका कुवँर दाजुभाइले ग १४ प १९३२ नम्बरको मोटरसाइकलमा चढेर खोला तार्ने क्रममा मंगलबार राती खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए। खोलाले मोटरसाइकल सहित दुईजनालाई बगाएको थाहा पाएपछि डिमुवा प्रहरी चौकीबाट पुगेको प्रहरी टोली र स्थानीयले उद्दार गरेका थिए।

खोलाले झण्डै एक किलोमिटर तल पुर्‍याएको अबस्थामा उद्दार गरि उपचारका लागि पर्वत जिल्ला अस्पतालमा लगिएको थियो। अस्पतालमा लक्ष्मणलाई डाक्टरले उपचारका क्रममा मृत घोषित गरेका थिए भने खेमको कुस्मा हस्पिटल प्रालिमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।

थाहाखबरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*