पूर्वराजा शाहद्बारा सर्वसाधारणलाई दशैंको टीका

खबरपथ संवाददाता
२२ आश्विन २०७६, बुधबार ०९:२९

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई दशैंको टीका लगाई दिएका छन्।

पूर्वराजा शाहले महाराजगंजस्थित निर्मल निवासमा मंगलबार अपरान्ह ४ बजेबाट सर्वसाधारणलाई बडा दशैंको टीका लगाई दिएका हुन्।

पूर्वराजाको हातबाट टीका ग्रहण गर्न राजनीतिक दलका नेताहरू, कलाकार, पत्रकार र सर्वसाधारणको भीड लागेको थियो।

 

पूर्व राजा शाहले हरेक वर्ष वडा दशैंको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*