राष्ट्रपतिद्धारा प्रधानमन्त्रीसहित सर्वसाधारणलाई टीका

खबरपथ संवाददाता
२२ आश्विन २०७६, बुधबार ०९:३५

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दशैंको टीका लगाइ दिएकी छन्। राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन सितल निवास पुगेका प्रधानमन्त्री ओलीलाई बडा दशैंको टीका, जमरा र जमराको माला लगाई दिइन्।

त्यसैगरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यलाई पनि टीका लगाई दिइन्। उनले प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई दशैंको टीका लगाई दिइन्।

राष्ट्रपति भण्डारीले मंगलबार बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा आमा मिथिला पाण्डेबाट दशैंको टीका ग्रहण गरेकी थिइन्। उनले छोरी उषाकिरण र निशाकुसुम दम्पत्तिका साथै अन्य आफन्तलाई पनि ६ीका लगाएकी थिइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*