काँग्रेस नेता डा.भण्डारीको दशैँ सिमान्तकृत बोटेमाझी बस्तीमा

कौरव खत्री
२२ आश्विन २०७६, बुधबार १५:३९

गुल्मी -नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गृह जिल्ला गुल्मीका बोटेमाझीहरुसँग दशैँ मनाएका छन् । बिगत चार वर्षदेखि सिमान्तकृत तथा अल्पसंख्यक बोटे माझी र दलित समुदायसँगै दशैंं मनाउँदै आएका भण्डारीले यस वर्ष पनि निरन्तरता दिएका हुन् ।साथै सोही अवसरमा बोल्दै कांग्रेसका नेता डा.चन्द्र भण्डारीले भने पछिल्लो समयमा नेताहरुले जनताको अभिभावकको भूमिका निर्वाह गर्न नसक्दा जनता दुखित भएको अवस्थामा अभिभावकत्व दिन सक्नु पर्ने बताए । साथै चार विद्यालय र अभिभावकहरुसँगै दशै मनाएको भन्दै बच्चाको भविष्यलाई सबै मिहेनत गर्यो र अभिभावकत्व प्रदान गर्न सके मात्र भने नेपाल छिटो अगाडी बढ्ने भन्दै नेपालीमा अशिक्षा र गरिवी भन्ने नरहने बताए ।

साथै उनले भने एउटा पाठ सबैलाई सिकाउन खोजेको भन्दै अलि अलि हुनेखानेहरुले आफ्नो परिवार आफ्ना छोराछोरीलाई मात्र नभएर अरुलाई पनि आफ्नो मान्यौ भने देश सम्पन्न हुन्छ भन्दै भारतका पूर्व राष्ट्रपतिको उदाहरण दिदै नेता भण्डारीले माझी बस्तीबाट बैज्ञानिकहरु जन्मन सक्छन् त्यसैले यसमा हामीले प्रयास गनुपर्छ भन्दै यसमा सबैले हात र मन फुकाएर सहयोग गर्न आग्रह गरे ।भण्डारीले अघिल्ला बर्षहरुमा झै दशैंको टीकाको दिन यस बर्ष पनि सिमान्तकृत तथा अल्पसंख्यक बोटे माझी र दलित समुदायका व्यक्तिहरुसँग टीका जमरा लगाएर उपहार आदान प्रदान समेत गरेका छन् ।दशैको दिन गुल्मी दरवार गापा १,माझीबस्तीमा पुगेर माझी प्राथमिक र नरहरि माध्यमिक विद्यालय तथा चन्द्रकोट गाँउपालिका ८को ज्ञानोदय माध्यमिक विद्यालयका गरि करिव २सय,५०जनाबोटे माझी र कुमाल विद्यार्थीहरुलाई टिका दक्षिणा सहित शैक्षिक सामाग्री कपि पेन र झोला उपहार दिएका थिए । त्यस्तै करिव ५सय बोटे माझीहरुलाई टिका दक्षिणा सहित नयाँ बस्त्र उपहार प्रदान गरेको भण्डारीका स्वकीय सचिव माधव न्यौपानेले जानकारी दिए ।

साथै सोही अवसरमा गुल्मी दरवार गापा १,माझीबस्तीका समाजसेवी होम बहादुर माझीले भने सिमान्तकृत बोटे माझी समुदायहरुका लागि दशै पात्रोमा मात्र आउने गरेको दशैलाई बास्तविक दशैको आएको अनुभूति भएको र यसरी वर्षेनी आफ्ना नेतासँग दशैँ मनाउन पाउँदा सबैबोटे माझी बस्ती निकै हर्षित भएको बताए ।विपन्न परिवारको घरमा दशैंको खुशी थपेर भाइचाराको नयाँ संस्कृति सुरुवात गर्ने प्रयासमा भण्डारी निरन्तर लागि परेका छन् । भण्डारीले जिल्लाका २ सय जना विद्यार्थीलाई शैक्षिक शुल्क, व्यक्तिगत रकम खर्च गरी प्रत्येकलाई बार्षिक रुपमा झण्डै बीस हजारको दरले सहयोग प्रदान गर्दै आएका छन् । काठमाडौंमा १५ जनालाई शैक्षिक शुल्क व्यवस्था गरेका भण्डारीले १० जना विद्यार्थीको आवासिय सुविधा सहितको निःशुल्क पढाईको व्यवस्था समेत गर्दै आएका छन् ।साथै नेता भण्डारीले आज एकादशीको दिन हुगाँको र्झेदी र बम्घाका बोटे माझीबस्तीमा पुगेर बोटे माझी विद्यार्थीहरु माझीसमुदायहरुलाई टिका लगाउने र उपहार प्रदान गर्ने कार्यक्रम रहेको भण्डारीका स्वकीय सचिव माधव न्यौपानेले जानकारी दिए ।नेता भण्डारी आफ्ना जिल्लाका नागरिकसँग सहकार्य गर्दै जिल्लाको विकास गर्ने नेताका रुपमा अव्वल सावित भएको स्थानीय बताउँछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*