मन्त्रिपरिषदका ६ निर्णय सार्वजनिक

खबरपथ संवाददाता
२३ आश्विन २०७६, बिहीबार १९:०५

काठमाडौं । मन्त्रिपरिषद बैठकले असोज १७ गते गरेका निर्णय सार्वजनिक भएका छन्। नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार संचार तथा सूचना प्रविधिमन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

 

मन्त्रिपरिषद बैठकले गरेका निर्णय यसप्रकार छन् :

 

१. विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने दुई अर्ब ७१ करोड १३ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।

 

२. विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव श्री रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ।

 

३. आर्थिक वर्ष ०७६-७७ मा मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरिएको छ।

 

४. सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ।

 

५. नख्खुखोला–भैसेपाटी–बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ।

६. नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्र्तगतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौँ बैठकमा ऊर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*