तिलोत्तमा प्रिमियर लिगको तेस्रो संस्करण शुरु, सुपर ११ भैरहवा ब्याटिङ्ग गर्दै

खबरपथ संवाददाता
२५ आश्विन २०७६, शनिबार १४:५८

बुटवल । तिलोत्तमा प्रिमियर लिगको तेस्रो संस्करण सर्बोत्तम सिमेन्ट टिपिएल – ३ आजदेखि शुरु भएको छ । तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा संचालित प्रतियोगिताको प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन खेलमा अहिले पाल्पाली लेजेन्डस् र सुपर ११ भैरहवा बिच प्रतिष्पर्धा जारि छ । पाल्पाली लेजेन्डस्ले टस जितेर फिल्डिङ रोजेपछि सुपर ११ ले ब्याटिङ्ग गरिरहेको छ ।

प्रदेश स्तरको सबैभन्दा ठुलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा प्रदेश ५ का राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*