सीको सुरक्षामा सुरक्षाकर्मी सडकमा तैनाथ

खबरपथ संवाददाता
२५ आश्विन २०७६, शनिबार १६:२२

काठमाडौँ —चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षार्थ नेपाली सेना,  नेपाल प्रहरी र सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान विभाग र चिनियाँ जनमुक्ति सेनाको फौज तैनाथ गरिएको छ ।

केन्द्रीय सुरक्षा समिति, वरिष्ठ रथी शरदकुमार गिरीको नेतृत्वमा विशेष स‌ंयन्त्र, उपत्यका पृतनापति निरञ्जनकुमार श्रेष्ठको नेतृत्वमा विशेष सुरक्षा सेल, सेनाकै समन्वयमा विशेष सुरक्षा दल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा जिल्ला सुरक्षा समितिसहित सरकारले आवश्यक सुरक्षा व्यवस्थापनका लागि फरक फरक जिम्मेवारी दिएर सुरक्षाकर्मीलाई फिल्डमा खटाइएको छ ।

कार्केड सवारीका दायाँबायाँ हरेक १० देखि १५ मिटरको दूरीमा सुरक्षाकर्मीलाई सडकमा तैनाथ गराइएको छ । राष्ट्रपति सी चिनफिङ आज साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*