बुटवल र सियान सिटि बिच भगिनी सम्बन्ध स्थापित

खबरपथ संवाददाता
२६ आश्विन २०७६, आईतवार १७:३६

बुटवल । छिमेकी मित्रराष्ट्र चिनका राष्ट्रपति सि चिङ फिङ र प्रधानमन्त्री केपि शर्मा ओलीको उपस्थितिमा आईतबार बुटवल उपमहानगरपालिका र चिनको सियान सिटीका बिच भगिनी सम्बन्ध स्थापित गर्ने हस्ताक्षर सहित सम्झौता पत्रमा आदानप्रदान भएको छ ।

सियान सिटीका तर्फबाट नेपालका लागि चिनिया राजदुत हउ यान्छी र बुटवल उपमहानगरपालिकाका मेयर शिबराज सुबेदीले संझौता पत्र आदानप्रदान गरेका हुन ।
चिनिया राष्ट्रपति सि चिन फिङको नेपाल भ्रमणको अन्तिम दिन आज दुइ देस बिच बिभिन्न क्षेत्रमा सझौता हुने क्रममा दुइ देसका यि दुइ शहर बिच भगिनी सम्बन्ध स्थापित गर्ने संझौता भएका हुन ।

सियान सिटी चिनिया कम्युनिष्ट पार्टीका महासचिब समेत रहेेेका राष्ट्रपति सि को गृहनगर र बुटवल नगर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिब विष्णुप्रसाद पौडेलको गृहनगर हो । दुबै शहर बिच सझौता पत्रमा हस्ताक्षर पछि बुटवल उपमहानगरपालिकाका प्रमख सुवेदीले यो भगिनी संम्बन्ध स्थापना पछि दुबै शहर बिच एकापसमा सहयोग आदान प्रदान र अनुभव साटासाट गर्ने वातावरण बनेको बताए ।

नगरप्रमुख सुबेदीले यो सम्बन्धले बुटवल क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता क्षेत्रमा चिनिया लगानी भित्राउन साथै प्राबिधिक क्षेत्रका परियोजनामा समेत सहकार्यका सम्भावना बढेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*