बुटवलको देवीनगरमा सरायँ नाच

खबरपथ संवाददाता
२६ आश्विन २०७६, आईतवार १८:०३

बुटवल । नेपालीहरुको महान चाड विजया दशमीको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाको  अवसरमा  बुटवलको देवीनगर चौपारीमा मौलिक सास्कृतिक झल्काउने सरायँ नाच प्रदशन गरिएको छ।

बुटवल ११ देवीनगर स्थीत नवदुर्गा मन्दिर समितिको आयोजनामा सम्पन्न सरायँ नाच प्रदशनीमा बुटवलका विभिन्न टोल विकास सस्था तथा सहकारीद्वारा समुहगत रुपमा सरायँ नाच प्रस्तुत गरिएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष कुल बहादुर के सी ले जानकारी दिए ।

आज दिउसो ३ बजे देखि सुरु भएको सरायँ नाच पश्चात विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो । सास्कृतिक कार्यक्रममा प्रचन्ड जी सी लगाएत रास्ट्रीय कलाकारहरुको प्रस्तुती रहेको थियो। सास्कृतिक कार्यक्रम पश्चात नवदुर्गाको फूलपाती विसर्जन गरिएको उपाध्यक्ष के सी ले बताए ।

 पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लामा नाचिने सरायँ नाच विगत ७ वर्ष देखि बुटवलमा पनि प्रदशन गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*