नेपाल र चीनबीच १४ बुँदे संयुक्त वक्तव्य जारी

खबरपथ संवाददाता
२६ आश्विन २०७६, आईतवार १८:१७

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएका सहमतिबारे दुवै देशका तर्फबाट १४ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी भएको छ ।

सीको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ गरी आगामी दिनमा द्विपक्षीय हित र सम्बन्ध विस्तारमा सहयोगी हुने विश्वास सो संयुक्त प्रेस विज्ञप्तिमा गरिएको छ ।

सीको भ्रमणका क्रममा दुबै देशबीच द्विपक्षीय सम्बन्ध विस्तार क्षेत्रीय र अन्तर्राष्ट्रि चासोका बारेमा विचारको आदानप्रदान भएको संयुक्त प्रेस विज्ञप्तिमा जनाइएको छ ।

दुबै देश एक अर्कोको स्वतन्त्रता, सम्प्रभुता र क्षेत्रीय अखण्डतालाई सम्मान गर्न र एक अर्काको चिन्ता र हितको सामना गर्न सहमत भएका छन् । दुबै देश असल छिमेकी नीतिको पालना गर्ने र स्थिरता र विकासमा मिलेर अघि बढ्न सहमत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाली पक्षले एक चीन नीति प्रतिको आफ्नो दृढतालाई दोहोराएको छ र ताइवान चिनियाँ क्षेत्रको एक अक्षम्य हिस्सा रहेको र तिब्बत मामला चीनको आन्तरिक मामला भएको जनाइएको छ । नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिन नेपाल दृढ रहेको जनाइएको छ ।

त्यस्तै चिनियाँ पक्षले नेपालको स्वतन्त्रता, सम्प्रुभुता र क्षेत्रीय अखण्डतालाई अक्षुण राख्न नेपाल प्रति आफ्नो दृढ समर्थन दोहोराएको छ र स्वतन्त्र रुपमा नेपालको सामाजिक व्यवस्था र विकासको पथप्रति चीनको समर्थन र सम्मान व्यक्त गरेको छ ।

नेपाल र चीन बेल्ट एण्ड रोड पारस्परिक रुपमा अवसर रहेको र दुवै देशलाई फाइदा हुने गरि अघि बढ्नका लागि सहयोग पु¥याउने परियोजना रहेकोमा सहमत भएका छन् । यसले यो क्षेत्रको शान्ति स्थायित्व र विकासका लागि फाइदा पुग्ने विषयमा दुबै पक्षको विश्वास लिएको संयुक्त प्रेस विज्ञप्तिमा जनाइएको छ ।

खबरहबबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*