प्रदेश ५ मा भिक्षा माग्न नपाइने

खबरपथ संवाददाता
२७ आश्विन २०७६, सोमबार २१:२४

बुटवल । प्रदेश नम्बर पाँचलाई सडक मानव मुक्त बनाउने अभियान सुरु भएको छ । अब प्रदेशका कुनै पनि धार्मिक स्थलदेखि सडक पेटीमा बसेर कुनै पनि मानिसहरुले बसी भिक्षा माग्न पाइने छैन ।

पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित शिद्धबाबा मन्दिर र रुपन्देहीको तल्लो शिद्धबाबा मन्दिर परिसरमा भिक्षा निषेधित क्षेत्र घोषणा गरी प्रदेशलाई सडक मानव मुक्त बनाउने अभियानको सुरुवात भएको छ ।

घरबार बिहीन बसाहारा, परित्यक्त, असहाय तथा जीवन जोखिममा रहेकाहरुलाई हामी तयार छौ’ भन्ने नाराका साथ अभियानको सुरुवात गरिएको हो । पहिलो चरणमा मठ मन्दिरमा बसेर भिक्षा माग्नेलाई हटाइने प्रदेश सरकारको योजना रहेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

सोमबार शिद्धबाबामा मन्दिरमा भिक्षा मागेर खाने १८ जना सन्त महन्त हरुलाई बुटवलस्थित मानव सेवा आश्रममा लगिएर राखिएको छ । प्रदेश सरकारले गत वर्षदेखि नैं सुरु गरेको अभियानले आइतबारबाट औपचारिकता पाएको हो ।

प्रदेशले सडक मानवमुक्त बनाउन मानव सेवा आश्रमको सहकार्यमा बुटवलका लागि २५ र नेपालगञ्जका लागि २५ लाख गरी ५० लाख रुपैयाँ विनियोजन गरेको छ । यो अभियानले भिक्षा दिने र भिक्षा लिने सवैलाई निरुसाहित गर्ने अपेक्षा गरिएको सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर गुरुङले बताए ।

रदेश नम्बर पाँचका विभिन्न धार्मिक मठ मन्दिर, शहरका पार्टी पैवामा भिक्षा मागेर जीवन गुर्जाने धेरै मानिसहरु छन् । प्रदेशमा सडक मानव कति छन भन्ने एकिन तथ्याङ भने प्रदेश सरकारसँग छैन् ।

सडक मानवहरुलाई राख्ने व्यवस्था मानव सेवा आश्रमले लिएको छ । त्यस्तै प्रदेश सरकारले अनाथ र जेष्ठ नागरिकको लागि रुपन्देहीकैं सैनामैना नगरपालिकामा जेष्ठ नागरिक केन्द्र निर्माण गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*