महिला हत्या आरोपमा पक्राउ परेका अभियुक्त सार्वजनिक

खबरपथ संवाददाता
२७ आश्विन २०७६, सोमबार २१:३०

बुटवल । जंगलमा बाख्रा चराउन गएकी महिलाको हत्या गरी गहना लुटेको आरोपमा पक्राउ परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय, बुटवलले सोमबार सार्बजनिक गरेको छ ।

पक्राउ पर्नेमा मकवानपूर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं ६ घर भई हाल रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नं ३ ज्योतिनगर बस्ने ४२ बर्षीय राम लामा रहेका छन् ।

यही असोज १७ गते दिउसो बुटवल उपमहानगरपालिका वडा नं ३ र ४ मा पर्ने लक्ष्मीनगर सामुदायिक जंगलमा बाख्रा चराउन गएकी बुटवल वडा नं ३ बस्ने ६६ बर्षीय टिकीसरी गुरुङलाई धारीलो हंसिया प्रयोग गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लामालाई कर्तब्य ज्यान र डाका चोरी अभियोगमा मुद्दा चलाई अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बाख्रा चराउन गएकी गुरुङ राती सम्म पनि घर नफर्किएको र बाख्रा मात्रै फर्किएपछि खोजतलास गर्ने क्रममा बुटवल बहुमुखी क्याम्पस पछाडीको जङ्गलमा फालिएको अवस्थामा मृतकको सव फेला परेको थियो ।

लामालाई नुवाकोटबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख,प्रहरी नायब उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*