कल्याणकारी वहुउद्देश्य सहकारीद्धारा रक्तदान

खबरपथ संवाददाता
८ कार्तिक २०७६, शुक्रबार १८:५५

बुटवल । स्थापनाको १९ औ वर्ष गाँठको अवसरमा कल्याणकारी वहुउद्देश्य सहकारी संस्था लिमिटेड बुटवल ८ ले सामाजिक कार्य अन्र्तगत रक्तदान कार्यक्रम गरेको छ ।
संस्थाको कार्यालय बुटवल ८ विसक्याम्पमा शुक्रवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ६३ जनाले रक्त दान गरेको संस्थाका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले बताउनु भयो ।


रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भनी संस्थाले विगत वषर््ाहरुमा झै यसवर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका सचिव तथा कार्यक्रम संयोजक कृष्ण प्रसाद ज्ञवालीले बताउनु भयो ।
रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र बुटवलका कर्मचारीले प्राविधिक सहयोग गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*