मुख्यमन्त्री शंकर पोखरेलद्धारा तिहार पर्वको शुभकामना ब्यक्त

खबरपथ संवाददाता
११ कार्तिक २०७६, सोमबार ०९:४८

प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दिपावली अर्थात तिहार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीदिदीबहिनी, दाजुभाइहरुमा शुभकामना ब्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्रीद्धारा विज्ञप्ती मार्फत जारी तिहार पर्वको शुभकामना :

दिपावली अर्थात तिहार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीदिदीबहिनी, दाजुभाइहरुमासुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
चाडपर्वको नेपाली समाजमा बहुआयामिक महत्व छ । पारिवारिक मिलन र सामाजिक सद्भावकालागि चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । सद्भाव, भातृत्व र मेलमिलाप बढाउँदै एकताको सुत्रमा बाँधेर समाजलाई गतिशिल बनाउनु हाम्रा चाडपर्वका विशेषता हुन्। तिहारले पनिपारिवारिक मिलन र सामाजिक सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।तिहारको मौलिकता जोगाउँदै अघि बढ्न सक्दायसको सांस्कृतिक महत्व उजागर हुन्छ ।

नेपालीको मौलिकपर्व तिहारको मौलिकता जोगाउँदै अघि बढ्दा नयाँ पुस्ता प्रतिन्याय हुनेछ । परिवारिक मिलन र सामाजिक सद्भाव बढाउने पर्वहरु अहिले बोझिला र विकृति बोकेर आइरहनु नेपाली समाजकालागि चिन्ताको विषय हो । अहिले पर्वमा तडक भडक बढ्नथालेको छ । सामाजिक मूल्य मान्यतालाई जोगाउँदै तडकभडक गरेर नभई मौलिक ढंगले चाडपर्व मनाउनध्यान दिनुपर्छ । तिहारमा जुवातास खेलेर सम्पत्ति बर्बाद गर्ने र पारिवारिक जीवन खण्डित पार्ने प्रवृति नेपाली समाजकालागि घातक छ । पटका पड्काउने क्रियाकलापले बालबालिकामा दुर्घटनाको जोखिम बढेको छ । तिहारमा जुवातास खेल्ने र पटका पड्काउने क्रियाकलापलाई निरुत्साहित गर्न राज्यले चाल्ने कदममा सबैले सहयोग गरौं, सभ्य र सुसंस्कृत समाजनिर्माणका लागि एकताबद्ध भई अघि बढौं ।

तडकभडक पूर्ण नभईतिहार पर्व मौलिक पहिचान जोगाउँदै पारिवारिक मिलन र सामाजिक सद्भावका रुपमा मनाउन म समस्त प्रदेशवासीमा हार्दिक अपील गर्दछु ।
संविधानको सफलकार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामामुलुक अघि बढेको छ । विकास र समृद्धिको वाटोवाट न्यायपूर्ण र समतामुलक समाजनिर्माण गर्ने हाम्रो लक्ष्य हो ।समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ। त्यसका लागि हामीले समृद्ध प्रदेश खुसीजनताको लक्ष्य अघि सारेका छौ । यो लक्ष्यलाई साकार पार्न सबै एकताबद्ध भई अघि बढ्न आवश्यक छ समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय, संघ संस्था र आमनागरिकमा हार्दिक अपील गर्दछु ।

अन्त्यमा, तिहार पर्वको अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमलय शुभकामना ।

शंकर पोखरेल

मुख्यमन्त्री
मिति २०७६,कार्तिक ११

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*