आज सार्वजनिक बिदा

खबरपथ संवाददाता
१३ कार्तिक २०७६, बुधबार ०९:०६

काठमाडौं । सरकारले आज सार्वजनिक विदा दिएको छ ।

नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । आजको दिन नेवार समुदायले भाइटीका मनाउँदैछन् ।

काठमाडौं उपत्यकाका नेवार समुदायले कार्तिक १३ गते सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थिए ।

सोही क्रममा केही दिनअघि नेवार समुदायबाट प्रतिनिधित्व गर्ने नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यो विषयमा छलफल गरेका थिए ।

सो छलफलमा प्रधानमन्त्री ओली सार्वजनिक विदा दिन सकारात्मक भएका थिए । त्यसलगत्तै मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*