मिथिलाञ्चलमा छठ पर्व सुरु, आज ‘नहाई खाई’

खबरपथ संवाददाता
१४ कार्तिक २०७६, बिहीबार ११:४८

आजदेखि तराई मधेशको सबैभन्दा ठुलो पर्व छठ विधिवत रुपमा सुरु भएको छ।

चार दिन सम्म मनाउने छठको पहिलो दिन आज जीउ शुद्ध गर्न नुहाउने दिन हो जसलाई ‘नहाय–खाए’ भनिन्छ।

आज जनकपुरधाम सहित तराई मधेशका छठका व्रतालुहरु नुहाएर ‘अरबा अरबाईन’ खान्छन्। आजको दिनलाई छठ पर्वको सुरुवातको दिनको रुपमा रहेको छ। आज छठको व्रत गर्नेहरु नुहाएर ‘अरबा अरबाईन’ खान्छन् भने आज ‘मरुवा’ कोदो, ‘मसुरीको दाल’ लगायत प्याज लसुन आजदेखि पर्व सम्पन्न नभए सम्म यस सामाग्रीहरुको त्याग गर्नु पर्छ।

छठको लागि तराई मधेशमा मनाई छठको घाटलाई सरसजावटमा स्थानियहरु जुटेको छ। पोखरी, नदि, कुँवा लगायतका स्थानलाई मिलाएर सरसजावटको काममा स्थानियहरु लागेको छ।

खास गरेर जनकपुरधाममा नेपालमै उत्कृष्ट छठ रहेकोले यहाँको पोखरीहरुलाई दुई हप्ता पहिला देखि नै सरसजावटको काममा सबै लागेको छ।

त्यस्तै छठको दोस्रो दिन भोली  शुक्रवार  दिनभर उपवास रही रातीमा ‘खीर’ बनाई देउतालाई चढाएर व्रतमा बसेका व्रतालुहरु खिर खान्छन् यस विधिलाई ‘खरना’ भनिन्छ। खरनामा ‘मीठा’ र चामलबाट बनेको खिरलाई चढाइने गरिन्छ।

त्यस्तै छठको मूल दिन शनिवार अस्ताउँदै सूर्यलाई अर्घ दिइन्छ भने त्यसको भोली पल्ट आईतवार उदाउँदै सूर्यलाई अर्घ दिई छठ पर्वको विधिवत रुपमा समापन गरिन्छ। बिहानीको अर्घ दिसके पछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन् जसलाई ‘पारन’ भनिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*