उदाउँदो सूर्यलाई अर्घ दिएर छठको समापन

खबरपथ संवाददाता
१७ कार्तिक २०७६, आईतवार २०:३६

कपिलवस्तु ।  समाबेशी पर्वकारुपमा रहेको छठको चौथो तथा अन्तिम दिन आईतवार बिहान कपिलवस्तुमा व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरेका छन् ।

कपिलवसस्तु नगरपालिका– ३ ूिस्थत जमुहरा नाला र रामाट नदी, कृष्णनगर बहादुरगंज लगायतका ताल तलैयामा उनीहरुले बिहान अस्ताउदो सुर्यको बिशेष पुजापठा गरेका थिए । पर्वको चौथो दिन आज व्रत लिनेहरू पुनः पोखरी, जलाशय किनारमा पुगी साँझ गरेको क्रम दोहोर्याइ प्रातः कालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका हुन् ।

हिन्दू धर्म संस्कृति अनुसार अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइने छठपर्वका अवसरमा शनिबार जिल्लाको अधिकांश पोखरी, तलाउ, खोला, नदीको पानीमा पसेर व्रतालुहरुले अस्ताउँदो सूर्यको आराधना गरी अर्घ दिएका थिए । यस क्रममा व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ्य सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गर्ने गरिन्छ ।

शनिबार गरेकै विधि आइतबार विहान उदाउँदो सूर्यलाई अर्घ दिइ समापन गरिएको छ । बिशेष पुजाको अवसरमा उनीहरुले सुर्य र छठी माताको आराधना समेत गरेका थिए । छठमा उपबास बसी पुजाआजा गर्नाले पारिपार सुख संबृद्धिका साथै सन्तान प्राप्ती र रोग ब्याधी समेत निको हुने श्रद्धालु भक्तजनहरुको बिश्वास छ ।

तराईको हिन्दू धर्मावलम्बीहरुबीच अत्यन्त लोकप्रिय रहेको छठपर्वलाई धार्मिक आस्था र सामाजिक सद्भावको प्रतिकको रुपमा मानिएको छ । पुर्वी ् तराईमा मात्र मनाइने छठपर्व पछिल्लो समय अवध, भोजपुरा, पडाडमा समेत बिस्तार हुदै गएको छ । जनजाति, दलित, मधेसी, पहडाडी समदाय मिलेर छठ पर्व मनाईएको कपिलवसतु नगरपालिककी उप मेयर लक्ष्मी साउ गुप्ताले बताईन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*