मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइराला नियुक्त

खबरपथ संवाददाता
१७ कार्तिक २०७६, आईतवार २१:१७

काठमाण्डौ । आजको मन्त्रिपरिषद् बैठकले डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ।

मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले कोइरालाको नाम त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस गरेको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*