राष्ट्रपतिद्धारा सातै प्रदेशका प्रदेश प्रमुख नियुक्त

खबरपथ संवाददाता
१८ कार्तिक २०७६, सोमबार २१:०२

राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेकी छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको सातै प्रदेशका नयाँ प्रदेश प्रमुखलाई उनले नियुक्ति गरेकी हुन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।

प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई नियुक्त गरेकी हुन्।

नवनियुक्त प्रदेश प्रमुखहरूको भोलि बिहान १०/ ११ बजे राष्ट्रपति कार्यालयमा सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

सेतोपाटीबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*