हिमचुलीद्धारा राहत प्रदान

खबरपथ संवाददाता
१९ कार्तिक २०७६, मंगलवार २१:४१

भैरहवा । भैरहवामा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो शेयर सदस्यको हकवालालाई जिवन बीमा बापतको रकम राहत स्वरुप प्रदान गरेको छ ।
सोमबार एक कार्यक्रमका बिच राहत रकम प्रदान गरिएको थियो । हिमचुलीका प्रत्येक शेयर सदस्यहरुको जिवन बीमा गरिएकोमा संस्थाका शेयर सदस्य अदालत बनियाको परिवारलाई राहत बापत २ लाख २५ हजार रुपैया प्रदान गरिएको सहकारीका अध्यक्ष बसन्त कुमार लाल कर्णले जानकारी दिए । कर्णले प्रत्येक शेयर सदस्यको जिवन बीमाको साथै औषधी उपचार खर्च बीमा र दुर्घटना बीमा समेत गरिएको बताए । सहकारीमा बीमा सम्बन्धि कोष नै खडा गरि ६ सय बढी शेयर सदस्यको जिवन बीमा गरिएको कर्णले बताए ।
यस्तै संस्थाका शेयर सदस्य सुखराम हरिजनको बाबु सुमिरन हरिजनको मृत्यु पछि पनि शेयर सदस्य सुखरामलाई क्रिया खर्च बापत ७ हजार प्रदान गरिएको छ ।
६ सय ८ जना शेयर सदस्य रहेको हिमचुलीमा ७ करोड ५ लाख १० हजार शेयर पूजिं रहेको संस्थाका ब्यवस्थापक अनुराग गुप्ताले जानकारी दिए । १० लाख सम्मको दुर्घटना बिमा, २ लाखको जिवन बिमा, १ लाखको मेडिकल बिमा लगायतको सुविधा सहित सञ्चालन भई रहेको हिमचुली भैरहवा क्षेत्रमा लोकप्रिय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*