रेडियसनको प्रभावबारे सेमिनार

स्वस्तिक श्रेष्ठ
२० कार्तिक २०७६, बुधबार २१:१५

बुटवल । सुचना र प्रविधिको विकाससंगै यसले मानव र वातावरणमा पर्ने प्रभावका बारेमा सचेतना जगाउन रुपन्देहीमा एक दिने सचेतनामुलक सेमिनार गरिएको छ । कम्युटर एसोसियसन नेपाल महासंघ (क्यान) रुपन्देही शाखाको आयोजनामा ईएमआई रेडियसन रेगुलारिटि फ्रेमवर्क एण्ड पब्लिक एवार्नेस ईन नेपाल एक दिने आईसिटि सेमिनार गरिएको हो ।

सेमिनारको प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गर्दै अहिलेको जल्दोबल्दो र महत्वपुर्ण विषयका बारेमा कुरा उठान भएको बताए । सेमिनारलाई अष्ट्रेलिया टेलिकम्युनिकेसनका ईन्जिनियर हरि पाण्डेले सहजिकरण गर्दै विश्व बजारमा आएको प्रविधि नेपालमा पनि भित्रिएको भन्दै यसका बारेमा पुर्ण ज्ञान लिएर प्रयोग गर्नुपर्ने बताए । यसैगरि मोबाईल सेवा प्रदायकका टावरहरु, ईन्टरनेट, रेडियो, टिभीका उपकरणहरुको राख्ने स्थानको छनौट र प्रयोगका बारेमा सरकार गम्भीर हुनुपर्ने बताए ।

वायरलेस उपकरणले मानव स्वस्थ्य र वातावरणमा पार्ने रेडियसनको प्रभाव र रोकथामका उपायका बारेमा सरकारबाट गरिनुपर्ने काम निजि क्षेत्रबाट अगुवाई हुनु स्वागतयोग्य भएको उनले बताए । क्यानका जिल्ला अध्यक्ष रामुदेव गौतम, प्रदेश अध्यक्ष रोशन कंडेल, नेपाल टेलिकम बुटवल शाखाका प्रमुख रंजित लोहिया, क्यानका सचिव जीवन अधिकारी, कार्यक्रम संयोजक तथा उपाध्यक्ष वीर बहादुर क्षेत्रीले यस विषयमा आम नागरिक आफै सचेत हुनुपर्ने र सरकारको मुख्य दायित्वको विषय भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*