सुनौलो संगम दोस्रो चरणमा प्रवेश

स्वस्तिक श्रेष्ठ
२० कार्तिक २०७६, बुधबार २१:२३

बुटवल । स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ अन्तरगत बुधबारको खेलमा सुनौलो संगम युवा क्लब देविनगर विजयी भएको छ ।

पाच नम्बर प्रदेश प्रहरी तालिम केन्द्रलाई १–० गोल अन्तरले पराजित गर्दै सुनौलो संगम दोस्रो चरणमा प्रवेश गरेको हो । रामनगर खेलमैदानमा भएको प्रतिस्प्रर्धात्मक खेलको १३ औ मिनेटमा सुनौलो संगमका रंजित थापाको एकमात्र गोल जितका लागि निर्णायक बन्यो ।

खेलको अन्तिम समयमा प्रहरीले बराबरीको अवसरलाई चुकायो । पेनाल्टी प्रहारलाई सुनौलो संगमका गोलकिपर युगल थापाले रोकिदिएका थिए । उनि खेलमा म्यान अफ दी म्यानबाट पुरस्कृत भएका थिए । विहिबार लिस्नु युवा क्लब कोटिहवा र फर्साटिकर युवा क्लबका बिचमा खेल हुने सचिव सन्तोष गुरुङले बताए । कार्तिक ३० गतेसम्म संचालन हुने प्रतियोगितामा प्रतियोगितामा १२ टिमले भाग लिएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*