कांग्रेसले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार

खबरपथ संवाददाता
२० कार्तिक २०७६, बुधबार २२:२५

नेपाली कांग्रेसले कास्की, बाग्लुङ, दाङ, भक्तपुरमा हुने प्रतिनिधि र प्रदेश सभा उपनिर्वाचन उठ्ने उम्मेदवारको टुंगो लगाएको छ।

बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उठ्ने उम्मेदवारको टुंगो लगाएको हो।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कास्की क्षेत्र नम्बर २ बाट खेमराज पौडेललाई उठाउने टुंगो लागेको छ । त्यहाँ नेता धनराज गुरुङको चर्चा थियो। उनले बैठकमै स्थानीय नेतालाई उठाउने राय दिएका थिए।

यस्तै, प्रदेशसभा निर्वाचनका लागि बाग्लुङ २ ख मा जित शेरचन,  दाङ क्षेत्र नम्बर ३ ख मा केशव आचार्य र भक्तपुर क्षेत्र नम्बर १ को  क मा कृष्ण भँडेललाई उम्मेदवार बनाउने निधो भएको शर्माले जानकारी दिए।

कास्की २ मा पौडेललाई उठाउने विषयमा पदाधिकारीबीच असहमति भएपछि सभापति देउवा एक्लैले टुंगो लगाएका थिए। सभापतिले आफूनिकटलाई उम्मेदवार बनाउन अडान लिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायत नेता बैठकबाट बाहिरिएका थिए।

‘कसलाई कहाँ उठाउँदा के कस्तो नतिजा आउँछ भन्नेबारे हामीले शेरबहादुरजीलाई आफ्नो कुरा राख्यौं, निर्णय गर्ने सभापतिले नै भएकाले बैठकबाट बाहिरिएका हौं,’ महामन्त्री कोइरालाले भने, ‘यसलाई असहमति पनि नभनौं।’

सेतोपाटीबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*