लागुऔषध सहीत २ पक्राउ

खबरपथ संवाददाता
२२ कार्तिक २०७६, शुक्रबार १२:५६

रुपन्देही ।  रुपन्देहीको सैनामैनाबाट अवैध लागुऔषध सहीत दुई जना प्रहरीको फन्दामा परेका छन् ।

गत कात्तिक २० गते सैनामैना ६ कलौनीबाट ६ सय २४ मिलि ग्राम ब्राउन सुगर नामक लागुऔषध सहीत २ जना पक्राउ गरि आज सार्वजनिक गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रविनराज मैनालीले जानकारी दिए ।

प्रहरी निरिक्षक मैनालीका अनुसार पक्राउ पर्नेमा सैनामैना वडा न.५ बस्ने वर्ष ३०का रमेश हमाल र वडा न.६ बस्ने वर्ष ३५का अशोक परियार रहेका छन् । पक्राउ पर्ने दुवैलाई लागुऔेषध सम्बन्धी मुद्धा दर्ता गरि कानुनी कार्वाही अघि बढाउने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*