‘गो ब्याक ईन्डिया’ भन्दै विद्यार्थीद्धारा प्रर्दशन

ललित पाण्डेय
२२ कार्तिक २०७६, शुक्रबार १३:०१

रुपन्देही। भारतबाट हालै जारी भएको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश भएको विरोधमा शुक्रबार बिहान रुपन्देही जिल्लाको सैनामैनामा पनि प्रदर्शन भएको छ ।

भारतले नेपालको भूभाग भारतीय नक्सामा राखेको विरोधमा, शहिद नारायण पोखरेल रामापुर क्यापसका विद्यार्थीले लिपुलेक हाम्रो हो’ ‘गो ब्याक ईन्डिया’ भन्दै पुर्व पश्चिम राजमार्गमा बिहानपख प्रर्दशन गरेका थिए ।

अनेरास्ववियु शहिद नारायण पोखरेल रामापुर क्याम्पसले विद्यार्थीहरुको नेतृत्व गर्दै ‘लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद’ भन्दै नारा लगाएका हुन । क्यापसबाट सुरु भएको प्रर्दशन पुर्व पश्चिम राजमार्ग हुँदै कलौनी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*