भारतद्वारा जारी नक्साको बिरोधमा नेबिसंघद्वारा प्रदर्शन

खबरपथ संवाददाता
२२ कार्तिक २०७६, शुक्रबार १३:१२

बुटवल । नेपाली भूमि लिपुलेक भारतले आफ्नो नक्सामा राखेको बिरोधमा नेपालमा सर्वत्र बिरोध भईरहेको छ । यसै सन्दर्भमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले पनि बुटवलमा बिरोध प्रदर्शन गरेको छ । नेपालको भूमिलाई समेत आफ्नोमा पार्ने गरी भारतले जारी गरेको राजनीतिक नक्साले नेपालमा तरंग आइरहेका बेला सामाजिक सञ्जालमा समेत तिब्र बिरोध भईरहेको छ ।

नेपाल बिद्यार्थी संघले बिहिबार साँझ बुटवलमा मसाल जुलुस प्रदर्शन गरेको हो । मसाल जुलुसपछि आयोजित कोण सभामा बोल्दै कार्यक्रमका संयोजक नेबिसंघ नेता छायाँ पोखरेलले काँग्रेस रहेमात्रै देश रहने र देशको रक्षाकालागि युवाहरु पार्टी भन्दा माथि उठेर जीवनको आहुती दिन समेत तयार रहेको बताउनु भयो ।

भारतले नक्सामा लिपुलेक भारत भूमि उल्लेख गरेको बिषयलाई लिएर बिरोध स्वरुप नेबिसंघले बुटवलको अस्पताललाईन महेन्द्र पार्कदेखि ट्राफिकचोकसम्म मलास जुलुस प्रदर्शन गरेको नेपाल बिद्यार्थी संघ सिद्धार्थ गौतमबुद्ध क्याम्पसका इकाई सभापति महेश शर्माले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*