विश्व बैंकका उच्चस्तरीय प्रतिनिधिद्धारा वाणिज्य क्याम्पस अवलोकन

खबरपथ संवाददाता
२२ कार्तिक २०७६, शुक्रबार १८:१५

बुटवल। विश्व बैंकका उच्चस्तरीय प्रतिनिधिहरुले शुक्रवार त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको भौतिक तथा शैक्षिक गुणस्तर सम्बन्धी अन्र्तक्रिया तथा अवलोकन गरेका छन ।
बिश्व बैंक कन्ट्री म्यानेजर फेरिस हाडड जेरवस, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा दक्षिण एसिया क्षेत्रिय निर्देशक लिन सेरवन बेञ्ज, वरिष्ठ स्वास्थ्य विशेषज्ञ कारि हर्ट, वरिष्ठ सुशासन विशेषज्ञ ग्याबरिएल डेडु, वरिष्ठ शिक्षा विशेषज्ञ मोहन अर्याल, वरिष्ठ स्वास्थ्य विशेषज्ञ मानव भट्टराई र जस्मिनराज भण्डारीसहितको ७ जनाको सहभागीता प्रतिनिधि टोलिमा रहेको थियो ।
विश्व बैंकको टोली र क्याम्पस व्यवस्थापन समितिका पदाधिकारि, क्याम्पस प्रशासन, कार्यक्रम संयोजक, विभागिय प्रमुख, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरु सहितको अन्र्तक्रिया कार्यक्रममा बोल्दै बिश्व बैंक कन्ट्री म्यानेजर फेरिस हाडड जेरवसले स्थानिय समुदायका सामाजिक तथा आर्थिक गतिविधिहरुलाई योगदान पु¥याउने किसिमको गुणस्तरीय शिक्षा क्याम्पसले प्रदान गर्नुपर्ने कुरामा जोड दिनुभयो । त्यस्तै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा दक्षिण एसिया क्षेत्रिय निर्देशक लिन सेरवन बेञ्जले नेपालको चौतर्फि विकासका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नका लागि क्याम्पसले सोही अनुसारका पाठ्यक्रमहरु निर्माण गरी देश र समाज परिवर्तनमा उल्लेखनिय योगदान पु¥याउनु पर्ने कुरामा जोड दिनुभयो । वरिष्ठ स्वास्थ्य विशेषज्ञ कारि हर्टले विद्यार्थीहरुमा उद्यमशिलतासम्बन्धी तालिम तथा सिपको विकासमा क्याम्पसले जोड दिनुपर्ने कुरा बताउनुभयो । यस्तैगरी प्रदेश नं. ५ का प्रदेश योजना आयोग उपाध्यक्ष प्रा. डा. ईश्वर गौतमले लुम्बिनी वाणिज्य क्याम्पस यस प्रदेशको नै गौरव बोकेको क्याम्पस भएकोले आगामि दिनहरुमा क्याम्पसको वृहत्तर विकासका लागि प्रदेश योजना आयोगको तर्फवाट सहयोग रहने कुरा बताउनुभयो । त्यसैगरी बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख गुमादेवि आचार्यले क्याम्पसको विकासको लागि स्थानिय सरकारको पुर्ण सहयोग रहने कुरा बताउदै बुटवल उपमहानगरपालिकाद्धारा क्याम्पस स्थापनाकाल देखि नै रहेको सहयोग निरन्तर रहिरहने प्रतिवद्धता जाहेर गर्नुभयो ।

सो कार्यक्रममा क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले विश्व बैंकका प्रतिनिधिद्धारा उठाइएका जिज्ञासाहरुको बारेमा प्रष्ट्याउदै क्याम्पसलाई मानित विश्वविद्यालय बनाउनका लागि स्थानिय संघसंस्था, स्थानिय सरकार, प्रदेश सरकारका साथै विश्व बैंक संगको साझेदारीको निरन्तरता अपरिहार्य रहेको कुरा व्यक्त गर्नुभयो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल पाण्डेको अध्यक्षता रहेको अन्र्तक्रिया कार्यक्रममा उच्च शिक्षा सुधार परियोजना लुम्बिनी वणिज्य क्याम्पसका संयोजक पुनाराम घिमिरेले क्याम्पसको विश्व बैंकसंगको सहकार्य पुर्व र सहकार्य पश्चात क्याम्पसमा भएका शैक्षिक तथा भौतिक उपलब्धीहरुका सम्बन्धमा प्रस्तुती दिनुभएको थियो भने उक्त कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका उपाध्याक्ष सुरेन्द प्रसाद श्रेष्ठ, अनुसन्धान तथा विकास विभाग प्रमुख प्रा. डा. णकृष्ण भट्टराई, विद्यार्थीको तर्फवाट एमविए ग्रेजुएट गौरव रिजाल लगायतले आआफ्नो विचार व्यक्त गरेका थिए । अन्र्तक्रिया कार्यक्रम पश्चात उक्त टोलीले क्याम्पसको विभिन्न विभागहरु र निर्माणधिन योजनाहरुको अवलोकन गरेका थिए । अवलोकन पश्चात यस क्याम्पसका शैक्षिक गुणस्तर तथा भौतिक विकासबाट विश्व बैंक प्रभावित रहेको कुरा बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*