पाल्पा भैरवस्थान–रुपन्देही परिवारको अध्यक्षमा कंडेल

खबरपथ संवाददाता
२४ कार्तिक २०७६, आईतवार १५:४०

बुटवल । पाल्पा भैरवस्थान–रुपन्देही परिवारको शनिबार शंकरनगरमा भएको अधिवेशनबाट सर्बसम्मत सहित नयाँ नेतृत्व चयन भएको छ । संस्थाको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्ष पदमा संस्थाका संरक्षक मेघराज कंडेल निर्वाचित हुनु भएको हो ।
आगामी तीन वर्षे कार्यकालकालागि उपाध्यक्ष पदमा अर्जुन विश्वकर्मा, सचिवमा जीवन अधिकारी, कोषाध्यक्षमा रामचन्द्र कोईराला र सहसचिवमा सीता खनाल सर्वसम्मत निर्वाचित हुनु भएको हो । ११ सदस्यीय कार्यसमितिको सदस्य पदमा कल्पना पोखरेल, नारायणप्रसाद खनाल, प्रतिक्षा अर्याल, रेखा खाम्चा, माधवप्रसाद ज्ञवाली र अम्बिका खनाल निर्वाचित हुनु भएको प्रमुख निर्वाचन आयुक्त अर्जुन कार्कीले जानकारी गराउनु भयो ।
नवनिर्वाचित अध्यक्ष कंडेलले संस्थाले लिएका उद्देश्य अनुरुपका कामलाई अंगाडी बढाउने र संस्थाको साखलाई माथि उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस अंगाडी भएको साधारण सभामा बोल्दै संस्थाका सल्लाहकार तथा भैरव जनता उच्च माध्यमिक बिद्यालयका पूर्व प्रधानाध्यापक विर्षबहादुर शाक्यले आपशी भाईचार सद्भाव अभिबृद्धि संगै संस्थाका सदस्यहरुको बित्तिय सुधारका क्षेत्रमा पनि सहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।
संस्थाका अध्यक्ष केशवप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संरक्षक मेघराज कंडेल, भैरवजन्ता उच्च माध्यमिक बिद्यालयका पूर्व प्रधानाध्यापक तिलकराम पौडेल, पाल्पाली समाज रुपन्देहीका उपाध्यक्ष जितबहादुर भाट, संस्थाका सल्लाहकार हिराप्रसाद श्रेष्ठ, नवराज श्रेष्ठ, गंगा गौतम, दुर्गाप्रसाद पोखरेल, पालुङमैनादी रुपन्देही समाजका अशोक कुवँर, कर्णकुमार ह्यजु, अम्बिका खनाल, उपाध्यक्ष दलबहादुर रुचाल, सचिव अर्जुन विश्वकर्मा लगायतले भनाई राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष खनालले प्रस्तुत गर्नुभएको बिधान संशोधन सहितको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष रामचन्द्र कोईरालाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको छ । त्यस अवसरमा संस्थाको श्रीबृद्धिमा योगदान पु¥याउनेहरुलाई सम्मान समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*