भारतद्वारा अतिक्रमित जमिन फिर्ता गर्नुपर्छ : केसी

खबरपथ संवाददाता
२६ कार्तिक २०७६, मंगलवार १९:११

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले अतिक्रमण गरेको नेपाललको जमिन फिर्ता ल्याउन आवश्यक अनुसार अन्तर्राष्ट्रिय मुद्वा बनाउन सकिने बताएका छन् ।

भारतले नेपाली जमिन अतिक्रमण गर्ने कार्य नयां नभइ पुरानै भएको उल्लेख गर्दै हाम्रो जमिन कसैलाई पनि एकइन्च दिन नसकिने बताए । लिम्पिया धुरादेखि लिपुलेक कालापानी सम्मको भूभाग नेपालको भएको उल्लेख भारतीय पक्षबाट दर्जन बढी स्थानमा भएको अतिक्रमित जमिन फिर्ता गर्नुपर्ने बताए ।

प्रगतीशील पत्रकार संघ, नेपाल रुपन्देहीले मंगलबार रुपन्देहीको भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफ्नो जमिन गुमाउंदै टुलुटुलु बसेर हेर्न नसकिने बताए । अध्यक्ष केसीले आफ्नो भूमि जोगाउन सबै दल एक ठाउंमा उभिनुपर्ने र आवश्यक परे अन्तर्राष्ट्रिय मुद्वा बनाएर भारतीय शासक वर्गको मुकाविला गर्नुपर्ने बताए ।

अतिक्रमित सबै नेपाली भूमि फिर्ताका लागि तत्काल आवश्यक कदम चाल्न सरकारलाई आग्रह गर्दै सरकारलाई भारतप्रति खुट्टा नकमाउन सुझाव दिए । देशको सार्वभौमिता, अखण्डता र एकतामाथि भएको प्रहारका बिरुद्व राष्ट्रिय जनमोर्चाले बारम्बार मुद्वा बनाएको उल्लेख गर्दै सत्तासिन दल र दलका नेताहरु सत्ता जोगाउन विदेशी शक्तिकेन्द्रहरुसंग अहिले यस्तो अवस्था आएको बताए ।

उनले अहिले भारतले नेपाली जमिन समेटेर आफ्नो नक्सा सार्वजनिक गरेपछि त्यसविरुद्ध नेपालका राजनीतिक दल एकठाउँ हुनु अत्यन्तै राम्रो पक्ष भएको बताउंदै अध्यक्ष केसीले भने एकताले नै मुलुकलाई बलियो बनाउन सकिन्छ । जनता सचेत भइसकेकाले राष्ट्रिय हितविपरीत जानेलार्ई जनताले ल्वाप्पा खुवाउने बताउंदै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीले भारतले हडपेको नेपाली भूमि फिर्ता गर्नुपर्ने अहिले उत्तम समय भएको बताए ।

कालापानी, लिम्पीयाधुरा नेपाली भूमि भएको जनाउँदै उनले सुस्तादेखि अन्य मिचिएका भूभाग पनि अब नेपालले फर्काउन पहल गर्नुपर्नेमा जोड दिए । उनले अहिलेको सरकारले जनअपेक्षाअनुसारको काम गर्न नसकेको आरोप समेत लगाए । मुलुकमा भ्रष्टाचार बढेको, विकासनिर्माणका कामले गति नलिएको उनको आरोप छ । अध्यक्ष केसीले मुलुकको अवस्था हेरेर जनताले संघीयताको विरोध गर्न सुरु गरिसकेको बताए ।

ठूला दललाई समेत संघीयताप्रति वितृष्णा भइरहेको बताए । उनले केन्द्र र स्थानीय तहलाई बलियो बनाएर प्रदेश संरचना खारेज गर्नुको विकल्प नभएको दावी गर्दै संघीयतालाई आर्थिक रुपले धान्ने नसक्ने बताए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले अहिल्यै वर्तमान सरकारको विकल्प खाज्न नसकिने बताउंदै म्याण्डेटअनुसार सरकारले काम गर्न भने नसकेको बताए ।

प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता र सचिव डिआर बञ्जाडेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*