वडास्तर योजना कार्यान्वयबारे अभिमुखिकरण

स्वस्तिक श्रेष्ठ
२६ कार्तिक २०७६, मंगलवार १९:२८

बुटवल। बुटवल उपमहानगरपालिकाले योजनाको कार्यान्वन बारेमा एक दिने अभिमुखिकरण तालिम गरिएको छ । वडा नं ४ र ५ मा संचालन भएका योजनाका सरोकारवालाहरुलाई समेटेर अभिमुखिकरण गरिएको हो । कार्यक्रमको बुटवलउपमहानगरपालिका वडा नं ४ का वडाअध्यक्ष टंक पराजुलीले उदघाटन गर्दै योजनाबारे प्राविधिक पक्षका विषयमा सरोकारहरु जानकारी नहुदा कठिनाई उत्पन्न हुने गरेको बताए ।

सहभागिलाई बुटवल उपमहानगरपालिकाका शहरी पुर्वाधार महाशाखाका ई रुक्मागत बश्यालले सहजिकरण गर्दै सबैभन्दा पहिले योजनाको आवश्यकता र त्यसको बजेटको आधारमा सम्झौता हुने कुरामा उपभोक्ताहरु जानकार हुनुपर्ने बताए । डिजाईन ईष्टिमेट अनुसार गुणस्तर र संख्यालाई कम गर्ने, उपभोक्ता भेला, प्रयोग भएको सामग्रीको अनुगमन गर्ने, ल्याब टेष्ट, सार्वजनिक परिक्षण लगायतका बारेमा सचेतना अप्नाउन सके काम सफलतापूर्वक सम्पन्न हुने उनले बताए । तालिम सुधार गर्ने अवसरका रुपमा लिनुपर्ने उनको तर्क छ ।

कानुनी ब्यवस्था अनुसार पुर्वाधार समिति, नगरस्तरिय अनुगमन तथा फोरफारक समितिलाई समन्वय गर्दै अगाडि बढ्न उनले जोड दिए । यदी कुनै कारणबस आयोजना सम्पन्न गर्ने मितिमा पुरा नहुने भए कारण किटान गर्नुपर्ने भन्दै उनले सामग्रीको अभाव, जटिलताका कारण कामदार अभाव जस्ता कुरा खुलाउन आवश्यक हुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*