बुद्धकालिन सभ्यतालाई तिब्बत सम्म जोड्ने प्रमुख नाका सैनामैना : पर्यटनमन्त्री गिरी

सैनामैना उद्योग वाणिज्य संघको ५ औँ साधारण सभा
खबरपथ संवाददाता
२७ कार्तिक २०७६, बुधबार १९:१८

सैनामैना । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बुद्धकालिन सभ्यतालाई तिब्बत सम्म जोड्ने प्रमुख नाका सैनामैना रहेको बताएका छन । सैनामैना उद्योग वाणिज्य संघको ५ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।

उनले भने – ‘ सैनामैना भनेको बुद्धकालिन बुटवल हो व्यापारिक केन्द्र हो । सिँगो तराई देखी बुद्धकालिन सभ्यतालाई तिब्बत सम्म जोड्ने एउटा प्रमुख नाका हो । त्यस्तो महत्वपुर्ण ठाउँ छ ।’ कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गिरीले बौद्धकालिन सभ्यताका क्षेत्रहरुलाई संरक्षण र परिष्कृत गरी पर्यटन क्षेत्रलाई प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए । गिरीले प्राकृतिक ठाउँ चुरे र जंगल क्षेत्रलाई व्यवस्थापन गरी हरियाली पार्क बनाउने प्रदेश सरकारको योजना रहेको समेत उल्लखे गर्दै उद्योगी व्यवसायीलाई पुर्ण कानुन कार्यान्वय गर्न आग्रह गरे ।

‘ईमानदारिताका साथ कर तिर्नुहोस् ।’उनले भने – निजी क्षेत्रलाई उद्योग व्यवसायमा लगानी गर्न अनुरोध गरे । साथै व्यापारीका लागि सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको समेत आश्वासन दिए ।’ विशिष्ठ अतिथी प्रदेश सभा सदस्य फकरुद्दिन खानले लुम्बिनी सँग जोडिएको सैनामैनाको प्रचुर सम्भावना रहेको बताएका छन । सैनामैनामा होटल तथा रेष्टुरेण्टको समेत आवश्यक रहेको ठहर गर्दै लगानीकर्तालाई यस क्षेत्रमा लगानी गर्न समेत सुझाव दिए ।

उद्योग व्यवसायमा नीतिगत रुपमा पर्ने जटिलतामा सहज तुल्याउन प्रदेशबाट पहलकदमी चाल्ने प्रदेश सभा सदस्य कमला विश्वकर्माले प्रतिबद्धता व्यक्त गरे । उनले भने – ‘प्रदेशबाट नीतिगत रुपमा पर्ने जटिलतामा पहल गर्नेछु ।’ कार्यक्रमका विशिष्ठ अतिथी समेत रहेकी विश्वकर्माले सैनामैनालाई उद्योग ग्रामको रुपमा स्थापित गर्न सबै सक्रियताका साथ लाग्नुपर्ने धारण राखिन ।

सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले नगरमा औद्योगिक ग्रामको निर्माणका लागि डिपिआर तयार भईरहेको जानकारी गराए । समृद्ध सैनामैनाको निर्माणका लागि बलियो आधार उद्योगी व्यवसायी रहेको भन्दै करको दायरामा आई कर बुझाउन समेत आग्रह गरे । सैनामैना ऐतिहासिक,धार्मिक एवम् पर्यटकीय सम्भावना भएको क्षेत्र भएकाले यसको सम्बद्र्धन र प्रचार प्रसार सबैको खाँचो रहेको औल्याए । उद्योगी व्यवसायीका लागि नगरले सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

रेडियोकर्मी सम्मानित

५ औँ बार्षिक साधारण सभामा संघले सैनामैनामा रहेर पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका दुई जना रेडियोकर्मीलाई सम्मान गरेको छ ।

संघले यस वर्षदेखी सुरु गरेको पत्रकारिता सम्मानमा रेडियो मलमलाका समाचार प्रमुख विष्णु खत्री र रेडियो सैनामैनाका समाचार प्रमुख ललित पाण्डेलाई कृषि पर्यटन, उद्योग र व्यापार क्षेत्रमा पत्रकारिताको माध्यमबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रोत्साहन सहित सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष राज बहादुर क्षेत्री र प्रदेश ५ का उद्योग वन,वातावरण तथा पर्यटन मन्त्री लिला गिरीले नगद सहित सम्मान पत्रले सम्मान गरेका हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*