होटल व्यवसायी महासंघ नेपालको तेस्रो महाधिवेशन सुर्खेतमा हुने

यमलाल भुसाल
२८ कार्तिक २०७६, बिहीबार १२:०२

बुटवल। होटल व्यवसायी महासंघ नेपाल केन्द्रिय कमिटीकोे बुटवलमा बसेको बैठकले आउदो पुस ४ र ५ गते तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको छ ।
महासंघको तेस्रो महाधिवेशन सम्पन्न गर्न होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालको संयोजकत्वमा गठित उच्च स्थितरीय संमितिले निर्णय गरि पठाएको समय र मितिलाई महासंघको केन्द्रिय बैठकले अनुमोदन गरेको सचिव विरमञ्ंजन वटालाले बताउनु भयोे ।
होटल व्यवसायी महासंघ नेपाल केन्द्रिय अध्यक्ष अमृत भुजेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनलाई व्यवस्थित रुपमा संचालन गर्न विरमञ्ंजन वटालाको संयोजकत्वमा १३ सदस्यीय सचिवालय समिति चयन गरेको छ । महासंघको बुधवार बुटवलमा वसेको बैठकले चयन गरेको सचिवालय समितिको ततकाल बसेको बैठकले तेस्रो महाधिवेशन सुर्खेतमा गर्ने निर्णय गरेको छ ।
बैठकले महाधिवेशनमा सहभागिताका लागि हरेक दर्तावाल संस्थावाट ५ जना प्रतिनिधी र २ जना पर्यवेक्षक सहभागिता गराउन पाउने गरि निर्णय गरेको उच्च स्थितरीय संमितिका सचिव तथा महासंघका सल्लाहकार इमान्दु वरालले बताउनु भयो ।
त्यसैगरि प्रदेश समितिवाट पनि हरेक प्रदेशवाट ५ जना प्रतिनिधी छनौट गरि पठाउनु पर्ने निर्णय बैठकले गरेको छ । महासंघको ५३ सदस्यीय कार्य समितिको कार्यकाल ३ वर्षे हुने बिधानमा व्यवस्था रहेको छ ।
महाधिवेशनमा संस्थागत सहभागिताका लागि आउदो मंसिर ७ गते भित्र संस्था दर्ता गराई सक्नु पर्ने छ भने प्रतिनिधीहरुकोे मंसिर २० गते भित्र नामावली सचिवालयमा पठाई सक्नु पर्ने समेत बैठकले निर्णय गरेको छ । बैठक पछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भुजेलले महाधिवेशनको मिति र स्थान तय गरिएको जानकारी गराउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*