लिम्पियाधुरा र लिपुलेकको बिषय दुई देशका सरकारले टुङ्गो लगाउनुपर्छ : महासेनानी श्रेष्ठ

सरकारले निर्देशन दिएमा राष्ट्र बचाउन सेना खटिन तयार
खबरपथ संवाददाता
२९ कार्तिक २०७६, शुक्रबार २०:३४

बुटवल । नेपाली सेनाका महा सेनानी ईश्वर कुमार श्रेष्ठले लिपुलेक र लिम्पियाधुराको बिषय दुई देशका सरकारले टुङ्ग्याउनु पर्ने बताएका छन ।

नेपाली सेनाको सुचना तथा जनसम्पर्क महाशाखाले आज बुटवलमा आयोजना गरेको नागरिक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासेनानी श्रेष्ठले नेपाली सेना नेपाल सरकारको निर्देशन अनुसार परिचालन हुने भएकाले सरकारले खटाएको ठांउमा जाने बताए । उनले सिमा समस्या सरकारले पहल गर्ने बिषय भएको भन्दै सरकारले निर्देशन गरेमा सेनाले राष्ट्र बचाउन खटिने बताए ।

अन्तरक्रियामा सहभागिहरुले लिपुलेक र लिम्पियाधुरामा सेनाले सुरक्षा गर्न आग्रह गरेपछि सेनानी श्रेष्ठले यस्तो जवाफ दिएका हुन । महासेनानी श्रेष्ठले वर्तमान नेपाली सेनाको नेतृत्व नागरिकको आलोचना सुन्न तयार रहेको भन्दै सेनाका कमी कमजोरीहरु खुलेर बताउन नागरिक समाजलाई आग्रह गरे ।

अन्तरक्रियामा सहभागिहरुले सेनामा ब्यारेक भित्रमात्र सैनीक आचरण रहने गरेको र ब्यारेक बाहिर नदेखिने गरेको, आन्तरिक बोलिबचनमा सुधार गर्नुपर्ने, सवारीसाधनको दुरुपयोग, सुचनामा संकुचन जस्ता आलोचना गरेका थिए ।

इतिहासकार निर्मल श्रेष्ठले नेपाली सेनाले ऐतिहासिक गढी किल्लाहरु जिम्मा लिनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा नेपाली सेनाका महा सेनानी उत्तम बिष्ट, हेमकुमार गिरि लगायतले सेना नागरिकसंग एकाकार भएर अगाडी बढ्न तयार रहेको बताएका थिए ।

नागरिक नेपाली सेनाको सम्बन्ध सुधार गर्न सेनाको जनसम्पर्क निर्देशनालयले देशै भरी नागरिकसंग अन्तरक्रिया गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*