लुम्बिनी न्युज फेस्टिबल-२०७६ आजबाट सुरु

खबरपथ संवाददाता
१ मंसिर २०७६, आईतवार ०९:१२

लुम्बिनी । नेपालमै पहिलो पटक आयोजना हुन लागेको न्युज फेस्टिबल २०७६ आजबाट लुम्बिनीमा सुरु हुंदैछ ।

आज अपरान्ह ३ बजे प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गने फेस्टिबलमा सहभागि हुन देशै भरबाट मुलधारका सम्पादक तथा प्रदेश ५ का प्राय सबै जिल्लाबाट सञ्चारकर्मीहरु लुम्बिनीमा भेला भएका छन् ।

फेस्टिबलको पुर्व संध्यामा गरिएको सम्पादक तथा उद्योगी ब्यवसायी अन्तरक्रियामा उद्योगी ब्यवसायीहरुले सञ्चार माध्यमहरुले सधैं उद्योगी ब्यवसायीलाई दोषी बनाएर समाचार बनाउने गरेको गुनासो गरेका थिए । उनीहरुले मिडीया मालीकहरुले पर्याप्त पारिश्रमीक नदिंदा माफेसलका सञ्चाकर्मीबाट स्वतन्त्र समाचार आउन नसकेको समेत बताएका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश ५ का उद्योग, पर्यटन तथा वाताबरण मन्त्री लिला गिरिले सञ्चारमाध्यमले ततस्थ भएर समाचार लेखिदिनु पर्नेमा कतिपय समाचारहरु बङ्ग्याएर आउने गरेको बताए ।

नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शिव गांउलेले पत्रकारहरुको काम हल्ला गर्ने भएपनि पत्रकारले सेवा गर्न थालेपछि समस्या देखिएको बताए । अका पुर्व अध्यक्ष बिष्णु निष्ठुरीले बिभाजित पत्रकारले सहि सुचना दिन नसक्ने बताए ।

लुबिनी प्रेस क्लबको आयोजनामा ३ दिन सम्म चल्ने फेस्टिवलमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य, पुर्व अध्यक्षहरु किशोर नेपाल, शिव गांउले, बिष्णु निष्ठुरी, बरिष्ठ पत्रकार मोहन मैनाली, शुभास ढकाल, शुभशंकर कंडेल, नारायण वाग्ले, रघु मैनाली लगायतको बिषयगत प्रस्तुती रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*