महाकाली–मेची साईकल यात्री रुपन्देहीमा

खबरपथ संवाददाता
३ मंसिर २०७६, मंगलवार १२:४५

तिलोत्तमा । सोमबार कालापानी र लिपुलेकमाथि भारतले गरेको अतिक्रमणविरुद्ध महाकाली–मेची यात्रामा हिंडेका तीनजना साईकल यात्री  रुपन्देही आइपुगेका छन ।

भैरहवा मेडिकल कलेजमा अध्ययनरत तीनजना युवा सोमबार दाङ हुँदै रुपन्देही आइपुगेका हुन् । रुपन्देहीमा साईकल यात्रीहरुलाई नमस्ते नेपाल एकेडेमी शंकरनगरले स्वागत गरेको एकेडेमीका अध्यक्ष अर्जुन खरेलले बताए ।

महाकालीका २४ वर्षिय प्रजन्न घिमिरे, दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर निबासी २१ वर्षिय विनय अर्याल र भरतपुर उपमहानगरपालिका वडा नम्बर २० बस्ने २० वर्षिय उपकार पौडेलले कालापानी र लिपुलेक हाम्रो हो भन्ने मूल अभियानका साथ महाकाली–मेची साईकल यात्रामा निस्केका हुन् ।

यात्री उपकार पौडेलले महाकालीको चाँदनी दोधारा झोलुङ्गे पुलबाट महाकाली–मेची साईकल यात्रा अभियान सुरु गरेको जानकारी दिए ।

स्वास्थ्यको लागि साईकल, पर्यटनको लागि साईकल र नेपाल भ्रमण वर्ष २०२० र छिमेकी राष्ट्र भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भुभाग अतिक्रिमण गरेको भन्दै महाकाली–मेची यात्रा अभियान सुरु गरेको यात्री विनय अर्यालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*