लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा खनाल

खबरपथ संवाददाता
३ मंसिर २०७६, मंगलवार १२:५२

बुटवल । प्रदेश-५ सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेण्डेण्टमा डा. राजेन्द्रप्रसाद खनाललाई नियुक्त गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अस्पतालका रिक्त सो पदमा खनाललाई नियुक्त गरेको हो ।

मन्त्रिपरिषद बैठकले विभिन्न आठ वटा निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताए । बैठकले बाँकेको जानकी गाउँपालिकाको केन्द्र परिवर्तन सम्बन्धि प्रस्ताव नेपाल सरकारसमक्ष सिफरिस गर्ने निर्णय गरेको छ ।

यस्तै, प्रदेश लोकसेवा आयोगका सदस्यहरुको पारिश्रमिक, सेवाको सर्त र सुविधा स्वीकृत गरेको छ भने कानुन मस्यौदा तथा सुझाव कार्यदलका विज्ञ सदस्यको सुविधा स्वीकृत गरेको छ ।

प्रवक्ता चौधरीका अनुसार बैठकले सूचना तथा संचार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशकको पारिश्रमिक र सेवा सुविधा मापदण्डसमेत स्वीकृत गरेको छ । त्यसैगरी स्मार्ट कृषि गाउँ कार्यविधि र प्रदेश विपद व्यवस्थापन कार्य सञ्चालन निर्देशिका स्वीकृत गरेको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*