ओली र दाहालबीच बालुवाटारमा छलफल हुँदै

खबरपथ संवाददाता
४ मंसिर २०७६, बुधबार १०:५१

काठमाडौँ  । नेकपाका अध्यक्षद्वय केपी शर्मा ‌ओली र पुष्पकमल दाहाल मन्त्रिपरिषद् पुनर्गठनका लागि बुधबार बिहान ९ बजे देखि नै छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री ‌ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने जानकारी दिँदै कुनै औपचारिक कार्यक्रम नराख्न मन्त्रीहरुलाई भनेका थिए ।

मन्त्रीबाट कसलाई हटाउने र राख्ने भन्ने विषयमा दुई अध्यक्षबीच लामो समयदेखि छलफल चलिरहेको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कसलाई हटाउने र कसलाई राख्ने भन्ने लिस्ट नै तयार पारिसकेका छन् भने दाहालले त्यसमा असहमति जनाउँदै अलमल गरिरहेका छन्।

ओलीले आफ्नो भावनाअनुसार काम गर्न नसकेका र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यसम्पादन मूल्यांकनअनुसार ‘रेड’ जोनमा रहेका केही मन्त्रीलाई हटाउने संकेत गरिसकेका छन् ।

मन्त्रीहरूको हेरफेर तथा जिम्मेवारीका विषयमा तथा संगठनकका केही निर्णय गर्न बुधबार १२ बजेका लागि नेकपा सचिवालय बैठक पनि बोलाइएको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ५ देखि १० जनासम्म मन्त्री परिवर्तन हुन सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*